भदौ २९, २०८० — “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी“ भन्ने मूल नाराका साथ ५९ औं बाल दिवस २०८० का अवसरमा साथीको बालगृहमा रहेका बालबालिकाहरुले राष्ट्रिय बाल अधिकार परिषद्ले आयोजना गरेको कार्यक्रम, राष्ट्रपति भवन, शीतलनिवासमा “राष्ट्रपतिसग बालबालिका कार्यक्रम’, ललितपूर महानगरपालिकाले आयोजित बाल प्रतिभा प्रदर्शनी र सांस्कृतिक कार्यक्रम तथा बालगृह भित्र विविध कार्यक्रम गरि यस बर्षको बाल दिवस मनाईयो ।